कानुन व्यवसायीसँग माओबादी केन्द्रले परामर्श लियो

काठमाडौँ ।नेकपा माओवादी केन्द्रले पछिल्लो राजनीतिक अवस्थाका बारेमा आज कानुन व्यवसायीसँग परामर्श लिएको छ ।
सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा आज माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लगायत उपत्यकामा उपलब्ध नेताहरुले पछिल्लो राजनीतिक अवस्थाका बारेमा कानुन व्यवसायीहरुसँग परामर्श लिनु भएको हो ।
छलफलमा पछिल्लो राजनीतिक अवस्था, संसद र संविधानको रक्षा गर्ने विषयमा कानुन व्यवसायीसँग परामर्श लिएको प्रमुख सचेतक देव गुरूङले जानकारी दिनुभयो ।छलफलमा कानुन व्यवसायीहरू शम्भु थापा, चण्डेश्वर श्रेष्ठ, रामनारायण बिडारी, मुक्ति प्रधानलगायत सहभागी हुनुहुन्थ्यो ।








प्रतिक्रिया राख्नुहोस्