भन्सार छली ल्याइएको कार बरामद
कञ्चनपुर । कञ्चनपुरको महेन्द्रनगर बजारबाट प्रहरीले भन्सार छली ल्याइएको कार बरामद गरेको छ ।
अन्दाजी ५ लाख मूल्य बराबरको भारतीय नम्बर प्लेट ‘डीएल ७ सी’को स्यान्ट्रो कार वबजार क्षेत्रमा बेवारिसे अवस्थामा रहेको र खोजतलास गर्दा अवैध रुपमा भारतबाट ल्याइएको पाइएकाले आवश्यक कारबाहीका लागि गड्डाचौकी भन्सार कार्यालय पठाइएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरीका प्रवक्ता प्रहरी नायव उपरीक्षक अमरबहादुर थापा क्षेत्रीले बताउनु भएको छ ।








प्रतिक्रिया राख्नुहोस्