ज्येष्ठ नागरिकलाई न्यानो कपडा वितरण

रोल्पा । रोल्पा नगरपालिका वडा नम्बर ४ का १ सय ४ जना ज्येष्ठ नागरिकहरूलाई न्यानो कपडा वितरण गरिएको छ ।
रोल्पा नगरपालिका वडा नम्बर ४ का आयोजना तथा नेपाल क्रिष्टियन राहत सेवाको आर्थिक सहयोगमा वडा ४ का १ सय ४ जना ज्येष्ठ नागरिकलाई न्यानो कपडा वितरण गरिएको हो ।
रोल्पा नगरपालिकाका नगरप्रमुख पूर्ण के.सीको प्रमुख आतिथ्ययतामा न्यानो कपडा वितरण गरिएको हो ।
न्यानो कपडा वितरण कार्यक्रममा नेपाल क्रिष्टियन राहत सेवाका प्रमुख मुकुन्दकुमार शर्मा, निर्देशक रोमी के.सी, बबिता राई, इमरजेन्सी रेसपोन्स टिम लिडर रुबिन शर्मा लगायतको सहभागिता रहेको थियो ।








प्रतिक्रिया राख्नुहोस्