पूर्वमन्त्री शर्मालाई मातृशोक

देउखुरी। प्रतिनिधिसभा सदस्य रेखा शर्मालाई मातृशोक परेको छ ।पूर्वसङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री शर्माकी आमा पार्वता पौडेलको ७४ वर्षका उमेरमा आज बिहान आफ्नै निवास घोराही –१८ मसिनामा निधन भएको हो ।
उहाँका श्रीमान्, चार छोरी र एक छोरी हुनुहुन्छ । उहाँको केहीबेरमा कटुवाखोलाको जोरमिलघाटमा अन्त्येष्टि हुने परिवारले जनाएको छ ।रासस








प्रतिक्रिया राख्नुहोस्