सरकारसँग स्पष्ट बहुमत छ : मन्त्री गुरुङ

काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीले भोलिदेखि दुई दिने बंगलादेशको राजकीय भ्रमण गर्नुहुने भएको छ ।
सो भ्रमणका क्रममा तीन वटा सम्झौतामा हस्ताक्षर हुने कार्यक्रम तय भएको छ ।
सिंहदरवारमा आयोजित पत्रकार सम्मेलनमा सञ्चार तथा सूचना प्रवधि मन्त्री पार्वत गुरुङले राष्ट्रपति भण्डारीको भ्रमणका विषयमा जानकारी दिनुभएको हो ।
भ्रमणका क्रममा सांस्कृतिक सम्बन्ध, पर्यटन क्षेत्र र कृषि तथा पशुपन्छीमा प्रयोग हुने विषादीका सम्बन्धमा छलफल हुने कार्यक्रम रहेको, रेल्वे, यातायात र बन्दरगाह सुविधालाई नेपालसँग जोड्ने विषयमा छलफल हुने र बंगलादेशले नेपालमा विद्युत खरिद गर्न गरिरहेको पहलबारे पनि छलफल हुने मन्त्री गुरुङले जानकारी दिनुभयो ।
राष्ट्रपति भण्डारी चैत्र १० गते ४ः५५बजे स्वदेश फर्किने मन्त्री गुरुङले जानकारी दिनुभयो ।
गठबन्धन गरेको दलको विश्वास कायमै भएकाले सरकारसँग स्पष्ट बहुमत छ : मन्त्री गुरुङ
पत्रकार सम्मेलनमा सञ्चार मन्त्री पार्वत गुरुङले अहिलेको सरकार स्पष्ट बहुमतको सरकार भएको उल्लेख गर्नुहुँदै सरकारसँग स्पष्ट विश्वासको मत भएको प्रष्ट पार्नुभयो ।
गठबन्धनमा भएको पार्टी नेकपा माओवादी केन्द्रले विश्वासको मत कायमै राखेकाले सरकार अहिले टिक्नका लागि र टिकाउनका लागि अनुचित गठबन्धन गर्नु आवस्यक नभएको बताउनुभयो ।
उहाँले विपक्षी दलले अविश्वासको प्रस्ताव ल्याए पनि नेकपा एमाले प्रतिपक्षमा बसेर आगमी निर्वाचनको तयारी गर्ने र फेरी पनि बहुमत ल्याउने मन्त्री गुरुङले विश्वास व्यक्त गर्नुभयो ।
मन्त्री गुरुङले पार्टीभित्र गुटबन्दी हुँदा सरकारका काम र पार्टीको काममा अवरोध हुने उल्लेख गर्नुुहुँदै गुटबन्दी समाप्त भएपछि मुलुकले गति लिने विश्वास व्यक्त गर्नुभयो ।
सरकारले विभिन्न आयोजनाहरु अनुगमन, सम्झौता, डिपिआर गरेर मात्र उद्घाटन गरेको मन्त्री गुरुङले प्रष्ट पार्नुभयो ।
संसद्मा प्रतिपक्षी दलका सांसदहरुले विना सम्झौता प्रधानमन्त्रीले विभिन्न आयोजना शिल्यान्यास गरेको भनेपछि मन्त्री गुरुङले त्यसमा सत्यता नभएको भन्दै प्रष्ट पार्नुभएको हो ।
उहाँले चैत्रको दोस्रो सातादेखि काठमाडौँ बासीको घर घरमा मेलम्चीको पानी आउने, वैशाखबाट माथिल्लो तामाकोशीको ७६ मेगावट पहिलो युनिटबाट विद्युत उत्पादन सुरु हुने जानकारी दिनुभयो ।








प्रतिक्रिया राख्नुहोस्