इलाम आमन्त्रण खुल्ला पुरुष भलिबलको उपाधि आर्मीलाई
इलाम । त्रिभुवन आर्मी क्लबले भारतीय खेलाडी सम्मिलित विमान ट्रेडर्स बिर्तामोडलाई पराजित गर्दै दोस्रो संस्करणको इलाम आमन्त्रण खुल्ला पुरुष भलिबल प्रतियोगिता उपाधि जितेको छ ।
आइतबार इलामको ठूलो टुँडिखेलमा भएको फाइनलमा आर्मीले विमानलाई ३–२ को सेटमा पराजित गर्दै उपाधि जितेको हो । विजेता आर्मीले २ लाख र विमानले १ लाख प्राप्त गर्ने छन् ।
सेमिफाइनलमा आर्मीले नेपाल पुलिस क्लबलाई तथा विमानले नेपाल एपिएफ क्लब पराजित गर्दै फाइनलमा स्थान बनाएका थिए ।








प्रतिक्रिया राख्नुहोस्