तपाईँ सुन्दै हुनुहुन्छः

नलगाड सब स्टेसनको लागि जग्गा अधिकरण

जाजरकोट । राष्ट्रिय प्रसारण ग्रिड कम्पनी लिमिटेडले भेरी कोरिडोर ४ सय केभी ट्रान्समिसन लाइन आयोजनाको नलगाड सब स्टेसनको लागि जग्गा अधिकरण गरेको छ ।
जाजरकोटको नलगाड नगरपालिका ७ दानीपीपलमा कम्पनीले १ सय १२ रोपनी जग्गा अधिकरण गरेर स्थानीयबासीलाई मुआब्जा वितरण गरेको हो । १ सय ८० घरपरिवारको जग्गा अधिकरण गर्न ५ करोड ६० लाख मुआब्जा वितरण गरेको कम्पनीका इन्जिनियर राज किरण बासुकलाले बताउनुभयो ।
अधिकरण गरेको जग्गामा एक हजार १ सय ७५ मिटर सीमा पर्खाल र गार्ड हाउस निर्माण थालेको छ, उहाँले भन्नुभयो । सीमा पर्खाल र गार्ड हाउस निर्माण  आउँदो भदौमा सक्ने गरी २ करोड २२ लाख ३८ हजार २ सय ४८ रुपैयाँ लागतमा काम अगाडि बढाएको छ ।
मुलुककै ठुलो मध्येको एक ४ सय १७ मेगावाट विद्युत् उत्पादन नलसिंह गार्ड आयोजना हो । यो आयोजना वातावरण मैत्री, ड्याम कम पुरिने, जलाशयको आयु दिगो रहने, खेतीयोग्य जमिनको न्यून क्षति हुने, विस्थापन कम हुने र भौगर्भिक अवस्था अत्यन्त राम्रो मानिएको छ । आयोजना निर्माणमा १ खर्बको लागत खर्च हुने अनुमान गरिएको छ । निर्माण सम्पन्न भएमा आयोजना कर्णालीकै ऊर्जाको प्रमुख श्रोत बन्नेछ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button