नवनियुक्त महान्यायाधिवक्ता बडालद्वारा शपथ

काठमाडौँ । नवनियुक्त महान्यायाधिवक्ता रमेश बडालले आज पद तथा गोपनीयताको शपथ लिनुभएको छ ।
राष्ट्रपति कार्यालय शीतल निवासमा आयोजित विशेष समारोहमा राष्ट्रपति विद्यादेवी भण्डारीको समुपस्थितीमा प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले नवनियुक्त महान्यायाधिवक्ता रमेश बडाललाई पद तथा गोपनीयताको शपथ गराउनुभयो ।
समारोहमा उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री के पी शर्मा ओली, राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनालगायतका विशिष्ट व्यक्तिहरूको उपस्थिति रहेको थियो ।
यसअघि महान्यायाधिवक्ता रहनुभएका अग्नि प्रसाद खरेलले पदबाट राजीनामा दिएपछि रमेश बडाललाई चैत्र ६ गते महान्यायाधिवक्तामा नियुक्त गरिएको थियो ।








प्रतिक्रिया राख्नुहोस्