तपाईँ सुन्दै हुनुहुन्छः

जुम्लामा एक महिनासम्म ईन्टरनेट सेवा अबरुद्ध हुने

जुम्ला सदरमुकाम खलंगा । तस्बिरः सागर परियार ।

जुम्ला ।   वर्षौ देखि ईन्टरनेट तथा टेलिफोनको सेवाभन्दा सास्ती खेपिरहेका दुर्गमका नागरिकले अझै एक महिना असुविधा भोग्नु पर्ने भएको छ । सहज र सरल रुपमा नियमति बत्ती,राम्रो टेलिफोन र फाष्ट ईन्टरनेट नपाएका जुम्ली नागरिकले अझै एक महिना फाटफुट रुपमा मात्रै ईन्टरनेट पाउने भएका हुन ।
पटक पटक टावर जाने,ईन्टरनेट अबरुद्ध हुने समस्याले जुम्लाका नागरिक आजित भईसकेका छन् । सुधार गर्ने भन्दै महिना वर्ष बितिसक्दा पनि सहज टेलिफोन तथा ईन्टरनेट सेवा नपाउँदा उपभोक्ता मारमा परेको नागरिक समाजका अध्यक्ष राजबहुर महतले बताउनुभयो । अब फाष्ट ईन्टरनेट चल्ने भयो भनेर खुसी हुनुपर्ने बेलामा अझै महिनादिन सेवा अबरुद्ध हुने कुरा दुखद भएको समेत उहाँको भनाई छ ।

टावर जाने, ईन्टरनेट नआउने समस्याले मिडियाकर्मीलाई बढी सास्ती भएको पत्रकार महासंघका केन्द्रिय सदस्य पुर्णप्रसाद चौलागाईले बताउनुभयो । उहाँका अनुसार जुम्लामा नियमित बत्ती नआउँदा उद्योगी व्यापारी मारमा छन् । भने,टेलिफोन ईन्टरनेट नआउँदा संचारकर्मी, बैंक तथा वित्तिइ क्षेत्र लगायत लाखौ उपभोक्ता प्रत्यक्ष मारमा परेका छन् ।

बेला बेला टावर जाने,ईन्टरनेट अबरुद्ध हुने समस्याबाट आजित जुम्ली नागरिकले अझै एक महिला सम्म ईन्टरनेट फाटफुट रुपमा मात्रै आउने भएको छ । कर्णाली प्रदेशको राजधानी विरेन्द्रनगरपछिको दोस्रो ठुलो शहर जुम्लामा आगामी एक महिला सम्म ईन्टरनेट फाटफुट आउने र बढी समय अबरुद्ध हुने देखिएको हो ।

क्षामता भन्दा दोब्बर बढी ग्राहक भएपछि इन्टरनेट सेवा करिब एक महिना सम्म नियमित रुपमा राम्रो संग ईन्टरनेट नआउने नेपाल टेलिकम जुम्लाका प्रमुख रामचन्द्र श्रेष्ठले बताउनुभयो । जम्मा ४ सय ८९ एमबी मात्रै क्षामता भएको जुम्लामा ग्राहक क्षामता भन्दा दोब्बरले बढी भएपछि ईन्टरनेट र टेलिफोन सेवामा समस्या आएको प्रमुख श्रेष्ठको भनाई छ ।

उहाँले भन्नुभयो, “ल्याण्डलाईनको क्षामता ७ सय २५ लाईन भएकोमा हाल सम्म ७ सय ५ लाईन प्रयोग भईसकेको छ । त्यस्तै,लिज लाईन,एडिसियल लाईन विटिएस लाईन, फोजी, थ्रि जी लगायतका सबै लाईनको क्षामता भन्दा दोब्बर ग्राहक हुँदा समस्या आएको हो ।”

साथै चालु आवमै जुम्लाका तिला,तातोपानी, सिंजा लगायतका ५ टाउँमा टेलिकमको सेवा र क्षामता विस्तार गरेपनि झनै लोड बढेर सेवा प्रभावित भएको प्रमुख श्रेष्ठले उल्लेख गर्नुभयो । गएको दशै यता १५० एमबी बढाएपनि ग्राहकको सख्या ह्वात्तै बढेपछि समस्या भएको हो । ्
क्षामता बढाउनुको विकल्प छैन् ।

जुम्लाको ईन्टरनेटमा देखिएको समस्या समधानका लागि क्षामता बढाउनु बाहेक अरु विकल्प नरहेको टेलिकम शाखा जुम्लाले जनाएको छ । क्षामता बढाउनका लागि पटक पटक माग गरेको तर नेपालमा सामाननै आईनपुगेकोले गर्दा ढिलाई भएको प्रमुख रामचन्द्र श्रेष्ठले बताउनुभयो ।
उहाँले भन्नुभयो,“क्षामता बढाउन प्रयोग हुने टान्समिसनको सामान कोलकत्ता बन्दरगाह आईपुगेको छ । काठमान्डौ आउन एक महिला लाग्ने छ । त्यसलगत्तै जुम्ला सामान पुगेपछि हालको भन्दा दोब्बरले ईन्टरनेट सेवामा सुधार आउछ ढुक्क हुनुहोस् ।”

आगामी बैशाख पहिलो हप्ताबाटै ईन्टरनेटको क्षामता अभिबृद्धि गर्ने गरी तयारीमा जुटेको समेत टेलिकम जुम्लाका प्रमुख श्रेष्ठले जानकारी दिनुभयो । लोड धेरै भएपछि ईन्टरनेट अबरुद्ध छ । यसबाट आम उपभोक्तामा संगै ईन्टरनेट नचल्दा वित्तिय क्षेत्रलाई समेत समस्या भएको छ । ईन्टरनेट नआउँदा बैकका सबै काम ठप्प भएको राष्ट्यि बाणिज्य बैंकक बरिष्ठ सहायक हेमन्त न्यौपानेले बताउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button