तपाईँ सुन्दै हुनुहुन्छः

तीन थान भरुवा बन्दुक सहित एक पक्राउ

सांकेतिक तस्बिर

पाल्पा । पाल्पाको बगनासकाली गाउँपालिका ३ सिन्चासमा तीन थान भरुवा बन्दुकसहित एक जनालाई प्रहरीले नियन्त्रणमा लिइएको छ ।

बगनासकाली गाउँपालिका ३ सिन्चास बस्ने बर्ष ५८ का हिरा बहादुर सारुलाई आफ्नै घरमा भरुवा बन्दुकसहित प्रहरीले पक्राउ गरेको हो ।

अबैध रुपमा भरुवा भन्दुक लुकाई छिपाई राखेको अवस्थामा नियन्त्रणमा परेका सारुमाथि थप अनुसन्धान कार्य जारी रहेको जिल्ला प्रहरी कार्यालय पाल्पाका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक रामेश्वर त्वातीले जानकारी दिनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button