ट्रक दुर्घटनामा तीन जनाको मृत्यु

लमजुङ । हिमाली जिल्ला मनाङको नासो गाउँपालिका ३ खोत्रोमा ट्रक दुर्घटना हुँदा तीन जनाको घटनास्थलमै मृत्यु भएको छ ।
लमजुङको बेंसीसहरबाट मनाङ सदरमुकाम चामेतर्फ जाँदै गरेको ट्रक दुर्घटना हुँदा नासो गाउँपालिका ४ ओडारका ३५ बर्षीया मनीषा गुरुङ, सोही ठाउँका २६ बर्षीया जलकाशी गुरुङ र अन्दाजी ६/७ वर्षीय लिउन गुरुङको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।
मनाङका प्रहरी नायव उपरीक्षक सुवास खड्काका अनुसार आज दिउँसो साँढे तीन बजेतिर दुर्घटना भएको हो । सिमेन्ट बोकेर ल्याएको ट्रक उकालो चढ्न लाग्दा अनियन्त्रित भई सडकबाट मर्स्याङदी नदीमा खसेको प्रहरी उपरीक्षक खड्काले जानकारी दिनुभयो ।
ट्रकका चालक र सहचालकसहित अन्य ५ जना घाइते भएका छन् । प्रहरीका अनुसार घटनास्थलमै मृत्यु भएका ३ जनालाई जिल्ला अस्पताल मनाङमा पोस्टमार्टमका लागि लगिएको छ ।
मनाङका प्रमुख जिल्ला अधिकारी विष्णु लामिछानेले घाइतेको नेपाल प्रहरी, नेपाली सेना, सशस्त्र प्रहरी र स्थानीयको सहयोगमा घटनाको जानकारी पाउने बित्तिकै उद्धारमा खटिएको बताउनुभयो ।








प्रतिक्रिया राख्नुहोस्