तपाईँ सुन्दै हुनुहुन्छः

ट्रिपरको ठक्करबाट महिलाको मृत्यु

भक्तपुर । भक्तपुर जिल्ला सुर्यविनायक नगरपालिका वडा नं.१० चित्तपोलस्थित भित्री सडक खण्डमा आज ट्रिपरको ठक्करबाट महिलाको मृत्यु भएको छ ।

नलिन्चोकबाट चितापोलतर्फ जाँदै गरेको बा. ४ ख. ९८१० नं.को खाली ट्रिपरले नलिन्चोकतर्फ आउँदै गरेको मे. ८ प. ८३९७ नं.को मोटरसाइकललाई ठक्कर दिँदा उक्त दुर्घटना भएको हो ।

मृत्यु हुनेमा मोटरसाइकलको पछाडि सिटमा सवार सोलुखुम्बु दुधकुण्ड गाउँपालिका वडा नं. ११ घर भई हाल काठमाडौं  हात्तीगौडा बस्ने वर्ष ५९ की सिताकुमारी कार्की रहेको प्रहरीले जनाएको छ ।

दुर्घटनामा गम्भीर घाइते कार्कीको उपचारका लागि भक्तपुर अस्पताल लगिएकोमा अस्पतालले मृत घोषणा गरेको थियो ।

मोटरसाइकल चालक मृतकको छोरा वर्ष ३४ का प्रकाश कार्कीको अवस्था भने सामान्य रहेको प्रहरीले जनाएको छ ।

प्रहरीले ट्रिपर चालक सिन्धुपाल्चोक मेलम्ची नगरपालिका वडा नं.१३ बस्ने वर्ष २३ का सुनिल तामाङ र सवारी साधन नियन्त्रणमा लिई दुर्घटनाको थप अनुसन्धान कार्य गरिरहेको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button