उद्योग वाणिज्य सङ्घ, सिन्धुपाल्चोकमा अध्यक्ष बस्नेतसहित १८ निर्विरोध निर्वाचित
सिन्धुपाल्चोक । उद्योगी, व्यवसायीहरूको छाता सङ्गठन उद्योग वाणिज्य सङ्घ सिन्धुपाल्चोकको २५ औँ साधारण सभा तथा १० औँ अधिवेशनबाट अध्यक्षमा होमबहादुर बस्नेत (राजकुमार) सहित १८ जना निर्विरोध चयन हुनुभएको छ ।
आज सम्पन्न अधिवेशनबाट सदस्य पदमा उम्मेदवारी दिएका ४२ जनामध्ये २५ जनाले मनोनयन फिर्ता लिएपछि बाँकी १७ जना निर्विरोध निर्वाचित हुनुभएको हो ।
बुधवार भएको मनोनयन दर्तामा अध्यक्ष पदका लागि बस्नेतबाहेक अन्यको उम्मेदवारी नपरेपछि उहाँ भने निर्विरोध अध्यक्षमा निर्वाचित हुनुभएको थियो ।
निर्वाचित हुने सदस्यहरूमा अमृत कार्की, उद्धव पौडेल, उमेश प्रधान, तीर्थराज पौडेल, प्रकाश आचार्य, प्रकाश दाहाल, विचारी पराजुली, विदुर खड्का, मन्दु थापा, मोहनभक्त श्रेष्ठ, रमेश बस्नेत, राजकपुर खत्री, राजेश श्रेष्ठ, रामचन्द्र कार्की, शिवहरि श्रेष्ठ, सूर्यबहादुर कार्की र सोभियत पौड्याल रहनुभएको छ ।








प्रतिक्रिया राख्नुहोस्