पिकअप भ्यान दुर्घटना हुँदा एक जनाको मृत्यु
सप्तरी । पूर्वपश्चिम राजमार्ग अन्तर्गत सप्तरीको कञ्चनरुपमा आज बिहान पिकअप भ्यान दुर्घटना हुँदा चालकको मृत्यु भएको छ ।
जिल्लाको कञ्चनरुप नगरपालिका ११ बेङग्री स्थित पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको को २ च २८७६ नम्बरको तरकारी बोकेको पिकअप भ्यान दुर्घटना हुँदा धनकुटाको छथर गाउँपालिका २ जोरपाटीका ३५ वर्षीय युवराज पिठाकोटीको मृत्यु भएको इलाका प्रहरी कार्यालय ठेलियाले जानकारी दिएको छ ।
पिकअप भ्यान अनियन्त्रित भई सडक छेउमा रहेको आँपको रुखमा ठोकिएर दुर्घटना भएको प्रहरीले जनाएको छ ।








प्रतिक्रिया राख्नुहोस्