कञ्चनपुरमा सुरक्षित चेली अभियान सञ्चालन

कञ्चनपुर । कञ्चनपुरमा सुरक्षित चेली अभियान सञ्चालन गरिएको छ । जिल्ला प्रहरी कार्यालय कञ्चनपुर र भीमदत्त नगरपालिकाको संयुक्त आयोजनामा शुक्रवार उक्त अभियानको शुभारम्भ गरिएको हो ।
सुरक्षित चेली अभियानलाई जिल्लाका सबै स्थानीय तहहरूमा विस्तार गरिने जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रमुख प्रहरी उपरीक्षक उमा प्रसाद चतुर्वेदीले जानकारी दिनुभयो ।
बालबालिका तथा महिला वर्गको सामुदायिक सुरक्षालाई अभिवृद्धि गर्न प्रहरी, स्थानीय तह र समुदाय बिचको साझेदारी स्थापित गर्ने उद्देश्यले सुरक्षित चेली अभियान सञ्चालन गरिएको उहाँको भनाइ छ ।









प्रतिक्रिया राख्नुहोस्