गण्डकी प्रदेश लोकसेवाको अध्यक्षमा नेपाल र सदस्यमा लम्साल सिफारिस
पोखरा । गण्डकी प्रदेश सरकारले लोकसेवा आयोगको अध्यक्षमा विष्णुप्रसाद नेपाल र सदस्यमा कल्पना लम्साललाई सदस्य नियुक्तिको सिफारिस गरेको छ ।
नेपाल हालै प्रदेश सरकारको प्रमुख सचिवबाट अवकाश पाउनुभएको थियो भने लम्साल तनहुँ दमौलीको आदिकवि भानुभक्त क्याम्पसकी सहायक प्रमुख हुनुहुन्छ ।
प्रदेश लोकसेवा आयोगसम्बन्धी ऐन ल्याइएको लामो समयपछि आयोगले पदाधिकारी पाउन लागेको हो ।
मुख्यमन्त्री अध्यक्ष र प्रमुख प्रतिपक्ष दलका नेता तथा सभामुख सदस्य रहेको समितिले आयोगका पदाधिकारी सिफारिस गरेको हो ।
आयोगको अध्यक्ष र सदस्यको पदावधि नियुक्ति भएको मितिले छ वर्षको हुने व्यवस्था ऐनले गरेको छ । उमेर हदको सीमा ६५ वर्ष छ ।








प्रतिक्रिया राख्नुहोस्