हत्या घटनाका एक प्रतिवादी पक्राउ
सप्तरी । सप्तरीको राजविराज नगरपालिका–७ खर्साल टोलमा एक वर्षअघि भएको हत्या घटनाका एक फरार प्रतिवादीलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा राजविराज–७ का २४ वर्षीय श्रवण कुमार मेहता छन् ।
मेहतालाई बिहीबार सुनसरीको धरान उपमहानगरपालिका–८ तीनकुनेबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक माधव प्रसाद काफ्ले जानकारी दिनुभयो । २०७६ असार १० गते जिल्लाकै तिरहुत गाउँपालिका–३ का २५ वर्षीय कृष्ण बिराजी यादवको हत्या भएको थियो ।
छोराको हत्या भएको भन्दै कृष्णका बुवा उपेन्द्र प्रसाद यादवले मेहतासहित ८ जना विरुद्ध प्रहरीमा जाहेरी हालेका थिए । घटना लगत्तै फरार रहेका मेहतालाई पक्राउ गरिएको छ भने संलग्न भनिएका अन्य ७ जना अझै फरार छन् । उनीहरूको खोजी कार्य भइरहेको सप्तरी प्रहरीले जनाएको छ ।








प्रतिक्रिया राख्नुहोस्