घेत्मा खोलामा पक्की पुल निर्माण
जाजरकोट । जाजरकोट डोल्पा भेरी कोरिडोर अन्तर्गत आठविसकोट नगरपालिका १३ र १४ स्थित घेत्मा खोलामा पक्की सडक निर्माण भएको छ । पुल वनेपछि कोरिडोर मार्ग अन्तर्गत खोलामा यातायात सेवा सञ्चालनमा सहज भएको छ ।
बर्खामा पुल नहुँदा यातायातका साधन खोला वारपार गर्न निकै सास्ती खेप्नुपरेको यातायात व्यवसायी भीमबहादुर बुढाले बताउनुभयो ।
पूर्वाधार विकास कार्यालय चौरजहारी रुकुमको आर्थिक बर्ष २०७६ मा ठेक्का भई पुल निर्माणको जिम्मा जयदेवि शिवनिर्मल जे.भी. नेपालगन्ज १३ बाँकेले पाएको थियो ।
२ करोड २८ लाख ७१ हजार एक सय ८७ रुपैंया लागतको उक्त पुलको लम्बाई २५.६० मिटर र चौडाइ ८.४० मिटर रहेको छ ।
जाजरकोट डोल्पा १ सय १८ किलोमिटर सडकको नेपाली सेनाले दुई वर्षअघि ट्र्याक ओपन गरेको थियो ।








प्रतिक्रिया राख्नुहोस्