भीरबाट लडेका भाइको मृत्यु, दाइलाई बचाउन सहयोगको याचना
सोलुखुम्बु । गत चैत्र २ गते भिरमा अड्किएको मुढा झार्ने क्रममा लडेर गम्भीर घाइते भएका गोविन्द बस्नेतको मृत्यु भएको छ ।
सोलुखुम्बु सोताङ १ स्थित भिरखर्क भिरमा दाउरा काट्न गएका दाजुभाइ मनोज बस्नेत र गोविन्द बस्नेत लडेर गम्भीर घाइते भएका थिए । टाउकोमा गम्भीर चोट लागेका उनीहरूको काठमाडौँस्थित केएमसि हस्पिटलमा उपचारका लागि लगिएको थियो । उपचारकै क्रममा घाइते गोविन्दको मृत्यु भएको पारिवारिक स्रोतले जनाएको छ ।
मृतक गोविन्दका दाजु मनोजको उपचार भइरहेको छ । उनको उपचारमा आर्थिक समस्या भएपछि परिवारले सहयोगका लागि याचना गरेका छन् । आर्थिक अवस्था कमजोर भएका बस्नेत परिवारले उपचारका लागि आर्थिक समस्या भएकाले मनोजलाई बचाउनका लागि देश विदेशमा रहेका नेपालीहरूलाई सहयोग गरिदिन अपिल गरेका छन् ।
मनोजका बुबा दलबहादुर बस्नेतले छोराको उपचारमा आर्थिक अभाव भएकाले सहयोगको लागि याचना गरेको बताउनुभयो । सहयोग गर्न चाहनेले प्रमिला लामिछाने (बस्नेत परिवारका सदस्य)को नाममा राष्ट्रिय वाणिज्य बैङ्कको खाता नम्बर १३४०१०००६१४७९०१० सहयोग गर्न सक्ने परिवारले जनाएको छ ।








प्रतिक्रिया राख्नुहोस्