तपाईँ सुन्दै हुनुहुन्छः

खैरो हिरोइनसहित एक जना पक्राउ

वीरगञ्ज । जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको गस्ती टोलीले गए राति चेक जाँचको क्रममा वीरगञ्ज महानगरपालिका वडा नम्बर १४ पावर हाउस चोकबाट ३० ग्राम अवैध लागु औषध खैरो हेरोइनसहित एक जनालाई पक्राउ गरेको छ ।

विशेष सूचनाको आधारमा चेकजाँच गर्ने क्रममा १७ वर्षीय किशोरको साथबाट खैरो हेरोईन राखिएको ६ वटा प्लास्टिकको पकेट बरामद गरिएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता एवं डिएसपी ओमप्रकाश खनालले जानकारी दिनुभयो ।

लागु औषधसहित पक्राउ परेका किशोरलाई पर्सा जिल्ला अदालतबाट म्याद थप गरी अनुसन्धान सुरु गरिएको खनालले बताउनुभयो ।

पक्राउ परेका किशोरको नाम, ठेगाना गोप्य राखिएको र घटनाबारे थप अनुसन्धान सुरु गरिएको उहाँले जानकारी दिनुभयो । लागु औषध ओसारपसार गर्न उनलाई कसले प्रयोग गरेको हो खुल्न सकेको छैन ।

लागु औषध ओसारपसार गर्न बालबालिकाको प्रयोग गर्न थालिएको यो घटनाले पुष्टि गरेको प्रहरीको भनाई छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button