सामाजिक विकास कार्यालय, डडेलधुराको उद्घाटन
डडेलधुरा । सामाजिक विकास कार्यालय, डडेलधुराको एक कार्यक्रमका बिच आज सामाजिक विकास मन्त्री कृष्णप्रसाद सुबेदीले उद्घाटन गर्नुभएको छ ।
डडेलधुराको शिक्षा इकाई समन्वय कार्यालयमा स्थापना भएको शिक्षा विकास कार्यालय, डडेलधुराको औपचारिक रुपमा मन्त्री सुबेदीले उद्घाटन गर्नुभएको हो ।
आफ्नो सेवा क्षेत्र बिस्तार गरी जनतालाई सङ्घीय सरकारको प्रत्याभूति आभास गराउन जिल्लामा कार्यालय स्थापना गरिएको मन्त्री सुबेदीले बताउनुभयो ।
जनताका कामकाजका लागि जिल्ला जिल्लामा कार्यालय स्थापना गरेर सेवा सुविधालाई जनतामाझ सहज रुपमा पुर्याउन आफूहरू लागिपरेको मन्त्री सुवेदीको भनाइ छ ।








प्रतिक्रिया राख्नुहोस्