तपाईँ सुन्दै हुनुहुन्छः

सुनसरीको भोक्राहा नरसिंहको विद्यालयमा वृक्षारोपण

सुनसरी । सुनसरीको भोक्राहा नरसिंह गाउँपालिकामा हरियाली बढाउन र विद्यालयमा सरसफाइसहित आकर्षण बढाउन वृक्षारोपण सुरु गरिएको छ ।
वृक्षारोपण गर्ने क्रममा जनता मावि भोक्राहा नरसिंह ३ मा बाल अधिकार चेतना समूहले अशोक सहितको बिरुवा रोपेर वृक्षारोपण गरेको विद्यालयले जनाएको छ ।
विद्यालयमा सरोकारवालाहरूको समेत उपस्थितिमा विद्यालयका परिसर भरी वृक्षारोपण गरिएको   प्रधानाध्यापक जितेन्द्र साहले जानकारी दिनुभयो ।
वृक्षारोपण कार्यक्रममा प्रधानमन्त्री रोजगार कार्यक्रम अन्तरगत स्वरोजगार पाएका स्थानीयसहित वडाध्यक्ष सुकदेव यादव, बाल समूहका अध्यक्ष निरो कुमारी मण्डल, उपाध्यक्ष अस्मिता कुमारी मण्डल सहितको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button