शोक प्रस्ताव पारित

काठमाडौँ । प्रतिनिधि सभाको आजको बैठकले पूर्व सभासद् एवं नेपाली कांग्रेसका नेता अशोक कोइरालाको निधन प्रति शोक प्रस्ताव पारित गरेको छ ।
स्वर्गीय कोइराला २०५८ सालको राष्ट्रिय सभा सदस्य, २०६३ को पुनर्स्थापित प्रतिनिधि सभा सदस्य एवं २०७० सालको संविधान सभामा नेपाली कांग्रेसको तर्फबाट प्रतिनिधित्व गर्नु भएको थियो ।
स्वर्गीय नेता कोइरालाको ७१ वर्षको उमेरमा यही चैत्र ४ गते उपचारको क्रममा निधन भएको थियो ।
प्रतिनिधि सभाको अर्को बैठक १० गते मङ्गलवार दिनको १ बजे बस्नेछ ।








प्रतिक्रिया राख्नुहोस्