तपाईँ सुन्दै हुनुहुन्छः

प्रतिनिधिसभामा आयोगका वार्षिक प्रतिवेदन पेश

फाइल तस्बिर

काठमाडौँ।प्रतिनिधिसभाको आजको बैठकमा लोकसेवा आयोग र राष्ट्रिय मानवअधिकार आयोगको वार्षिक प्रतिवेदन पेश भएको छ । बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीका तर्फबाट कानून, न्याय तथा संसदीय मामिलामन्त्री लीलानाथ श्रेष्ठले लोकसेवा आयोगको ६१औँ तथा मानव अधिकार आयोगको वार्षिक प्रतिवेदन पेश गर्नुभएको हो ।

यसअघि सभामुख अग्निप्रसाद सापकोटाले प्रस्तुत गर्नुभएको विभिन्न मितिमा सम्पन्न भएका बैठकमा सांसद अनुपस्थित भएको सूचनालाई बैठकले स्वीकृत गरेको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button