तपाईँ सुन्दै हुनुहुन्छः

महान्यायाधिवक्ता खरेलद्वारा राजीनामा

काठमाडौँ।महान्यायाधिवक्ता अग्निप्रसाद खरेलले आज आफ्नो पदबाट राजीनामा दिनुभएको छ ।

महान्यायधिवक्ताको कार्यालयमा आज पत्रकार सम्मेलन गरेर महान्यायधिवक्ता खरेलले प्रधानमन्त्रीसँगको परामर्शमा स्वेच्छापूर्वक आफुले राजीनामा दिएको जानकारी दिनुभयो ।

उहाँले अफू पूर्ववत राजनीतिक जीवनमा फर्कनका लागि आफुले पदबाट राजिनामा दिएको बताउनुभयो ।उहाँले महान्यायधिवक्ताबाट राजीनामा दिएपछि आफ्नो बाकी जीवन निष्ठापूर्वक राजनीतिमा लगाउने बताउनुभयो ।

पूर्व कानूनमन्त्री समेत रहनु भएका खरेललाई मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले ८ फागुन २०७४ मा महान्यायाधिवक्ता नियुक्त गर्नुभएको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button