तपाईँ सुन्दै हुनुहुन्छः

सप्तरीको कृष्णाराम बहुउद्देश्यीय पशुफर्ममा भीषण आगलागी हुँदा साठी लाख भन्दा बढीको क्षती

सप्तरी। सप्तरीको अग्नीसाईर कृष्णासवरन गाउँपालिका ५ स्थित कृष्णाराम बहुउद्देश्यीय पशु फार्ममा एक्कासी विद्युत सर्ट भएर शुक्रबार बिहान भीषण आगलागी हुदा ६० लाख बराबरको क्षती भएको छ ।

मनोज कुमार साहले संचालनमा ल्याएको पशुफार्ममा बिहान साढे एक बजेको समयमा आगलागी हुदा उक्त परिणामको क्षती भएको हो ।
आगलागीमा परि २१ थान दुहुना गाई सहित १६ वटा बाछाबाछी जलेर मरेको फार्म संचालनक साहले बताउनुभयो । आगलागीबाट १० वटा गाईलाई उद्वार गर्न सफल भएको उहाँले बताउनुभयो ।

उहाँका अनुसार उद्वार गरिएका गाई समेत जलेर घाईते भएका छन् । गाईलाई बचाउने क्रममा गोठमा सुतेका फार्म संचालक दिनानाथ साह घाइते भएका छन । उनको स्थानीय पोलिक्लिकमा उपचार भईरहेको स्थानीय बताएका छन ।

आगलागीमा १० वटा गाई बाहेक अन्य गाई ,भैंसी, दाना, सरसमान र गोठ पुर्ण रुपले जलेर नष्ट भएको पिडितले बताएका छन । उहाँले आगोमा परि ६० लाख भन्दा बढी धनमाल क्षती भएको जानकारी दिनुभयो ।

आगो ३ घण्टा पछि नियन्त्रणमा आएको थियो । कञ्चनरुप नगरपालिकाको बारुणयन्त्रको सहयोगमा नेपाल प्रहरी, सशस्त्र प्रहरी र स्थानीयले बिहान साढे चार बजे आगो नियन्त्रणमा लिन सफल भएका थिए । आगलागीको कारण तथा क्षतिबारे प्रारम्भिक अनुसान्धन भई रहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button