तपाईँ सुन्दै हुनुहुन्छः

इलाम नगरपालिकाले आँखा अस्पताल निमार्ण गर्ने 

इलाम । इलाम नगरपालिकाले  नगरपालिकाको  लगानीमा आँखा अस्पताल बनाउने  निर्णय गरेको छ ।

इलाम नगरपालिका–७ मा ‘इलाम आँखा अस्पताल ’ निर्माण गर्ने निर्णय भएको नगरपालिका प्रवक्ता  ठाकुर नारायण श्रेष्ठले बताउनु भएको छ  ।

अस्पताल निमार्णको लागि चालु आर्थिक वर्षमा नगरले भौतिक निमार्णको लागि ५० लाख रुपैयाँ बजेट व्यवस्था गरेको पत्रकार जनाएको छ ।

अस्पताल निमार्णको लागि आँखासँग सम्बन्धित सङ्घ संस्थासँग समन्वय गर्ने जनाएको छ । अस्पताल निमार्णको लागि नगर प्रमुख महेश बस्नेत संरक्षक रहने गरी उपप्रमुखको संयोजकत्वमा तीन सदस्य समिति गठन गरेको जनाइएको छ । इलाम नगर कार्यपालिका बैठकले नगरमा स्रष्टा पार्क , सहिद पार्क र साइन्स पार्क समेत निमार्ण गर्ने निर्णय गरेको नगर प्रमुख महेश बस्नेतले बताउनु भयो ।

नगरपालिका ७ स्थित  जोर धारामा परिसरका  सहिद पार्क बनाउने भएको छ भने सहबाहिनीमाहिनीमा स्रष्टा पार्क बनाउने जनाएको छ । विभिन्न क्षेत्रमा योगदान पु¥याउने  इलामका व्यक्तिहरूको सम्मानमा पार्क निमार्ण गरी शिलालेखमा नाम राखिने बस्नेतले बताउनु भयो ।

चित्रकला, मूर्तिकला, साहित्य, सङ्गीत, खेलकुद, पत्रकारितामा क्षेत्रमा योगदान पु¥याउने व्यक्तिहरूको नाम छनोट गरिसकेको जनाइएको छ । स्रष्टा पार्क बनाउनको लागि चालु आर्थिक वर्षमा १५ लाख रुपैयाँ बजेट विनियोजन गरेको नगरले जनाएको  छ । यस्तै इलाम नगरपालिकामा काले दमाई–जनकदेव साइन्स पार्क निमार्ण हुने भएको छ ।

कोल्ड स्टोर नजिक रहेको १७ रोपनी जमिनमा पार्क बनाउने निर्णय गरेको छ । पार्क निमार्ण गर्न १५ लाख रुपैयाँ बजेट विनियोजन गरिएको छ । नगरपालिकाले बालबालिका सम्बन्धी ऐनको आधारमा इलाम नगरपालिका बाल अधिकार संरक्षण तथा सम्बद्ध कार्यविधि २०७७ स्वीकृत गरेको छ । इलाम नगरपालिकाको चोकबजार नजिक रहेको  भीमसेन थान मन्दिर वरपरको जग्गाको अधिग्रहण गर्ने भएको छ ।

मन्दिर आसपासमा रहेको जग्गामा निजी टहरा बनाई पसल संचालमा रहेकोले मन्दिरको  संरक्षणको लागि  नगरपालिकाले जग्गा अधिग्रहण गर्न नगरपालिकाले मन्त्रीपरिषद्मा प्रस्ताव पेस गरेको थियो । मन्त्रीपरिषद् बैठकले जग्गा अधिग्रहणको लागि स्वीकृति प्रदान गरेकोले तत्काल जग्गा अधिग्रहणको काम अघि बढाउने जनाइएको छ । इलाम नगरपालिका वडा नं. ७ (साबिक इनपा १ ) मा रहेको भिमसेनस्थान परिसरको  १७१.३१ वर्ग मिटर जग्गा अधिग्रहण गर्ने भएकोे छ । प्रमुख जिल्ला अधिकारीले जग्गाको मुआब्जा निर्धारण गरेपछि जग्गा अधिग्रहणको काम थाल्ने जनाइएको छ ।  जग्गाको मुआब्जा भने इलाम नगरपालिकाले व्यहोर्ने छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button