१७ बुँदे प्रस्ताव पारित गर्दै खनाल–नेपाल समूहको भेला सम्पन्न

काठमाडौँ । नेकपा एमाले झलनाथ खनाल –माधव कुमार नेपाल समूहको काठमाडौँमा सम्पन्न राष्ट्रिय भेलाले १७ बुँदे प्रस्ताव पारित गरेको छ ।
आज सम्पन्न भएको दुई दिने भेलाले सर्वोच्च अदालतको फागुन २३ गतेको फैसला अनुसार नेकपा एमालेका सबै कमिटी तथा जनसंगठनहरूलाई नेकपा माओवादी केन्द्रसँग एकीकरण हुनु पूर्वको अवस्थाबाट विधिसम्मत रूपमा क्रियाशील बनाउने निर्णय गरेको छ ।
पार्टीको विधान र पद्धति विपरीत फागुन २८ गतेको बैठकबाट भएको भनिएका निर्णयहरू अस्वीकार गर्ने निर्णय गर्दै भेलाले हजारौँ पार्टी कार्यकर्ताको परिश्रमबाट निर्माण भएको पार्टीलाई सत्ता स्वार्थमा दुरुपयोग नगर्न समेत सबैलाई सचेत गराएको छ ।
यस्तै भेलाले सामाजिक रूपान्तरणका लागि सहकार्य र एकताका साथ अगाडि बढ्न सम्पूर्ण कम्युनिष्ट पार्टी तथा समूहहरूलाई आग्रह गरेको छ ।








प्रतिक्रिया राख्नुहोस्