तपाईँ सुन्दै हुनुहुन्छः

‘काँग्रेसले तोकिएको समयमा १४ औँ महाधिवेशन सम्पन्न गर्नुपर्ने’

सुनसरी । नेपाली काँग्रेसका केन्द्रीय सदस्य तथा पूर्व गृह मन्त्री कृष्णप्रसाद सिटौलाले नेपाली काँग्रेसले तोकिएको समयमा १४ औँ महाधिवेशन सम्पन्न गर्नुपर्ने बताउनु भएको छ ।

नेपाली कांग्रेस सुनसरीको अगुवा कार्यकर्ता तथा भेटघाट कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै सिटौलाले नेपाली काँग्रेसले तोकिएको समयमा महाधिवेशन गर्न नसकिए ठुलो सङ्कट उत्पन्न हुन सक्ने चेतावनी दिनुभयो ।

उहाँले भदौमा भनिएको महाधिवेशनको तयारीमा लाग्न नेता तथा कार्यकर्ताहरूलाई आग्रह समेत गर्नुभयो ।

नेपाली काँग्रेसका क्रियाशील सदस्य नवीकरण र नयाँ क्रियाशील सदस्यको पहुँच गाउँ गाउँमा पुर्‍याउनुपर्ने भएकोले कोही कसैलाई वञ्चित नगर्न उहाँले आग्रह गर्नुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button