तपाईँ सुन्दै हुनुहुन्छः

राजनीतिक स्थायित्वका लागि काँग्रेसको नेतृत्व आवश्यक : महामन्त्री कोइराला

विराटनगर । नेपाली काँग्रेसका महामन्त्री डा. संशाक कोइरालाले अब नेपाली काँग्रेसले सरकार बनाउनु पर्ने आफ्नो धारणा रहेको बताउनु भएको छ ।

विराटनगर विमानस्थलमा आज सञ्चारकर्मीसँग कुरा गर्नुहुँदै महामन्त्री कोइरालाले  राजनीतिक स्थायित्वका लागि पनि काँग्रेसको नेतृत्व आवश्यक रहेको बताउनुभयो ।

काँग्रेसले नेकपा माओवादी तथा समाजवादी पार्टीसँग दुई चरणमा वार्ता गरेको प्रष्ट पार्नुहुँदै उहाँले वर्तमान नेतृत्वको सरकारमा भने कांग्रेस सहभागी नहुने बताउनुभयो ।

निर्वाचनका लागि अझै दुई वर्ष बाँकी रहेकाले त्यस बीच नयाँ सरकार बन्ने र त्यही सरकारले निर्वाचन गराउने उहाँको भनाई थियो ।

नेपाली काँग्रेसको सन्दर्भमा उहाँले पार्टीको महाधिवेशन आगामी भदौमा हुने र पार्टीको क्रियाशील सदस्य नवीकरण गर्ने तथा नयाँ सदस्यहरूलाई क्रियाशील सदस्य बनाउने काम पार्टीभित्र भइरहेकाले तोकिएकै मितिमा पार्टीका अधिवेशन हुने उल्लेख गर्नुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button