तपाईँ सुन्दै हुनुहुन्छः

पाठेघरको क्यान्सर सम्बन्धि निशुल्क शिविर,४५७ जना लाभान्वित

तनहुँ । विगत १५ वर्षदेखि पाठेघरको समस्याबाट पीडित व्यास ११ की ८४ वर्षीया बिष्णुमाया भुजेलले यतिका वर्षपछि घर नजिकै उपचार पाउदा खुशीलागेको बताउनुभयो । उक्त शिविर आङ खस्ने समस्याका लागि ओमेन फर ओमेन नेदरल्याडस्को नेतृत्वमा, क्यान्सर सम्बन्धी परिक्षणका लागि नेपाल अष्ट्रिया क्यान्सर केयर फाउण्डेसनसँगको सहकार्य र सुनौलो नयाँ गोरेटो कृषि सहकारी संस्था र स्वदेशी नेपाल गोरखाको सहयोगमा सञ्चालन भएको हो ।

तनहुँको व्यास नगरपालिकाको ४ वटा वडाका महिलाहरुका लागि पाठेघर र पाठेघरको मुखको क्यान्सर सम्बन्धि निशुल्क परिक्षण तथा उपचार शिविर सम्पन्न भएको छ । उक्त शिविरबाट व्यासको ८, ९, १० र ११ नम्बर वडाका महिलाहरु लाभान्वित भएका छन ।

महिलामा हुने आङ खस्ने समस्याको पहिचान र निराकरणका साथै महिलाहरुको पाठेघरको मुखको क्यान्सर र स्तन क्यान्सर भएका र हुने सम्भावित खतरामा रहेका महिलाहरुको जाँच र उपचार गर्ने उद्देश्यले शिविर सञ्चालन गरिएको ओमेन फर ओमेन नेदरल्याडका नेपाल प्रतिनिधि विश्वनाथ पौडेलले जानकारी दिनुभयो ।

पाठेघरको मुखको क्यान्सर हुने सम्भावना भएका महिलाहरुले शिविरकै क्रममा उपचार पाएका छन । जसबाट उनीहरु भविष्य मा क्यान्सरको सिकार हुनपर्ने जोखिमबाट सुरक्षित भएकाछन् । परिक्षणका क्रममा अप्रेशन गनुपर्ने पहिचान भएका केशलाई काठमाडौँमानिशुल्क अप्ररेशन सेवा प्रदान गरिने पौडेलले बताउनुभयो । सोही क्रममा महिलाहरुको स्तनको परिक्षण गरी क्यान्सर हो या होइन भन्ने पहिचान गरी उपचार गरिएको छ ।

शिविरको पहिलो दिन वडा नं ९का १ सय ७२ जनामहिलाहरुले सेवालिएका थिए । सो ठाँउमा परिक्षण गरिएको मध्ये ३१ प्रतिशत महिलामा आङ खस्ने समस्या देखिएको थियो । त्यस्तै ८ नं वडाका १ सय १५ जना महिलामा गरिएको परिक्षणमा ३२ प्रतिशत महिलामा समस्या देखिएको, त्यस्तै १० नं वडाका ८१ जना महिलामा गरिएको परिक्षणमा २५ प्रतिशत महिलामा आङ खस्ने समस्या पाइएको पौडेलले बताउनुभयो । त्यस्तै ११ नं वडामा ८९ जना महिलामा भएको परिक्षणमा ४० प्रतिशतभन्दा बढीमा आङ खस्ने समस्या देखिएको छ । प्रत्येक वडामा भएको परिक्षणमा ७ जना महिलाहरु अप्रेशनको लागि पहिचान भएका छन् ।

शिविरमाभिआईए.(दृष्य निरीक्षण कार्य) विधिबाट पाठेघरको मुखको क्यान्सर सम्बन्धी सम्भावनाको जाँचगर्दा भविष्यमा ८ देखि १० प्रतिशत महिलामा पछि गएर क्यान्सर हुन सक्ने सम्भावना देखिएकाले शिविरकै क्रममा उपचार गरिएको क्यान्सर रोग विशेषज्ञ आरती शाहले जानकारी दिनुभयो । त्यस्तै परिक्षणका क्रममा ५० प्रतिशतभन्दा बढी महिलामा पानी बग्ने समस्या र करिब ३५ देखि ४० प्रतिशतआङ खस्ने समस्या देखिएको शाहले बताइन् ।

आङ खस्ने समस्याको फस्टडिग्रीको अवस्थामा रहेका महिलालाई औषधी आवश्यक नपर्ने भएकाले उनीहरुलाई व्यायाम गराएर समस्यालाई फस्टडिग्रीमै कायम गरी राख्न परामर्श दिइएको स्टाफ नर्स सुमित्रा आचार्यले जानकारी दिनुभयो । त्यस्तै दोस्रो डिग्रीमा पुगेका महिलालाई पाठेघरको मुखमा रिङ राखेर उपचार गरिएको तथा तेस्रो र चौथो डिग्रीमा पुगेका महिलाहरुलाई तत्कालको लागीऔषधी र अन्य उपचार गरिएको उहाँले बताउनुभयो । आङ खस्ने समस्याको तेस्रो र चौथो डिग्रीमा रहेका महिलाहरु लाई एक महिना पछि काठमाडौँको मनमोहन मेमोरियल अस्पतालमा निशुल्क शल्यक्रिया गरिने समेत आचार्यले जानकारी दिनुभयो ।

शिविरमा २ जना विशेषज्ञ डाक्टर सहित १६ जनाले सेवा प्रदान गरेका थिए ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button