तपाईँ सुन्दै हुनुहुन्छः

आठ करोड राजश्व संकलन

फाइल तस्बिर

जाजरकोट। मालपोत कार्यालय जाजरकोटले आठ करोड राजश्व संकलन गरेको छ । कार्यालयले आर्थिक बर्ष ०७७/०७८ को फागुनसम्मको अवधिमा उक्त रकम संकलन गरेको हो ।

कार्यालयले रजिष्टेशन, नामसारी, संशोधन, दाखिला खारेज,दृष्टि वन्धक, रोक्का फुकुवा,दण्ड जरिमाना, पुजीगत लाभकर, प्रतिलिपी, रातो पुर्जा विक्री लगाएतबाट राजश्व संकलन गरेको कार्यालय प्रमुख डिल्लीबहादुर केसीले बताउनुभयो ।

कार्यालयबाट पुसमा ४५ लाख, मंसिरमा ८५ लाख, कार्तिकमा ४४ लाख, असोजमा ५ करोड ३६ लाख, भाद्रमा १२ लाख ९६ हजार, साउनमा ७१ लाख, माघमा १६ लाख ४३ हजार २ सय ४६, फागुनमा २१ लाख ८५ हजार गरी ८ करोड ३२ लाख २४ हजार २ सय ४६ रुपैया राजश्व रकम संकल भएको प्रमुख केसीले भन्नुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button