सडक बालबालिकामुक्त समाज अभियान अन्तर्गत १५ सय बालबालिकाको उद्धार

काठमाडौँ । सरकारले घोषणा गरेको सडक बालबालिकामुक्त समाज अन्तर्गत बाल कल्याण परिषद्ले १ हजार ५ सय बालबालिकाको उद्धार गरी व्यवस्थापन गरेको छ ।
सडक बालबालिकामुक्त समाज घोषणा हुनु अघि सडकमा करिब १ हजार ७ सय बालबालिका रहेकामा करिब २ सय जना बालबालिका आफै सडकबाट परिवारमा फर्केको परिषद्ले आज पत्रकार सम्मेलन गरी जानकारी गराएको हो ।
परिषद्ले गएको आठ महिनामा एक सय वटा बाल गृहको अनुगमन गरी मापदण्ड विपरीत सञ्चालित ३ वटा बाल गृहमा रहेका ४१ जना बालबालिकाको पनि उद्धार गर्नुका साथै ती बालगृहलाई कारबाहीका लागि सिफारिस गरेको छ ।
कोभिड–१९ को जोखिमका बेला बाल सुधार गृहमा रहेका ९ सय ४४ बालबालिका मध्ये २ सय ३३ जनालाई कसुरको प्रकृति र सुधारको आधारमा पारिवारिक पुनर्मिलन गराएको बाल कल्याण परिषद्का कार्यकारी निर्देशक मिलनराज धरेलले जानकारी दिनुभयो ।
बाल कल्याण परिषद्का अनुसार हाल सुधार गृहमा रहेका ६० प्रतिशतभन्दा बढी बालबालिकाहरू जबरजस्ती करणीको मुद्दामा दोषी ठहरिएका छन् ।








प्रतिक्रिया राख्नुहोस्