तपाईँ सुन्दै हुनुहुन्छः

चितवनमा आगलागी हुँदा एक घर जलेर नष्ट 

चितवन । चितवनको कालिका–८, चिसापानीमा आगलागी एक घर जलेर नष्ट भएको छ ।
जनशक्ति टोलस्थित पुष्प परियारको घर जलेर पूर्ण रूपमा नष्ट भएको स्थानीय जुनुबल तामाङले जानकारी दिनुभयो ।
बिजुलीको लाइन सर्ट भएर आगलागी भएको स्थानीयको भनाइ छ । आज बिहान १० बजे भएको आगलागी स्थानीय, दमकल र प्रहरीको सहयोगमा डेढ घण्टा पछि नियन्त्रणमा आएको थियो ।
समयमै दमकल नआई पुग्नाले घर पूर्ण रूपमा क्षति हुन पुगेको भन्दै स्थानीयले आक्रोश समेत व्यक्त गरेका थिए ।
आगलागीबाट भएको क्षतिको विवरण भने आई नसकेको चितवन प्रहरीले जनाएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button