तपाईँ सुन्दै हुनुहुन्छः

होटलमा बसेकी महिला मृत फेला

धनगढी। धनगढीमा श्रीमानसँगै होटलमा बसेकी महिला मृत फेला परेकी छन्।कञ्चनपुरको बेल्डाडी गाउँपालिकाकी कमला रोकाया बिहीबार मृत फेला परेकी हुन्।

धनगढी-३ को सौराइ होटलमा भुइँमा सुतेको अवस्था मृत फेला परेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता तथा प्रहरी नायब उपरीक्षक प्रतीक विष्टले जानकारी दिनुभयो ।

उहाँका अनुसार ती महिला भारतको पन्जाबमा बस्दै आएकी थिइन्। जग्गासम्बन्धी काम भएकाले उनी धनगढी आएकी थिइन् ।

 

प्रतिक्रिया राख्नुहोस्

Back to top button