तपाईँ सुन्दै हुनुहुन्छः

कालीगण्डकीको पानी तानसेनमा

पाल्पा ।  कालीगण्डकीको पानी तानसेनमा आईपुगेको छ । बहुप्रतिक्षित कालीगण्डकी लिफ्टिङ् खानेपानी योजना अन्तर्गतको पहिलो चरणको काम सकिए संगै कालीगण्डकीको पानी तानसेनमा आईपुगेका हो ।

तर पानी जाँच गरेर पिउन योग्य भएपछि मात्र वितरण प्रक्रिया सुरु हुने भएको छ । छ वटा स्टेसनमार्फत एक हजार ४४ मिटर उचाईमा रहेको रिजर्ब ट्याङ्कीमा पानी तान्ने काम सफल भएको सङ्घीय खानेपानी तथा ढल व्यवस्थापन आयोजनाको कार्यालय अर्घाखाँचीले जनाएको छ ।

पहिलो चरणमा २५ करोड ३९ लाखमा सम्झौता भएको थियो ।पहिलो चरणमा तानसेन बौघागुम्हास्थित कालीगण्डकी नदीबाट तानसेनको बतासेडाँडामा रहेको रिजर्ब ट्याङ्कीसम्म पानी झार्ने काम सफल भएको उहाँले बताउनुभयो ।

पहिलो चरणमा छ वटा पम्पस्टेसन, पाँच वटा ट्याङ्की निर्माण, पम्प हाउस र मान्छे कुर्ने घर निर्माणको काम सकिएको छ । यस्तै पाइप बिस्तार, विद्युत् बिस्तार, मूल ट्याङ्की बनाउने काम समेत सकिएको छ ।

पहिलो चरणमा बनेको इनारबाट २० वर्षपछि पनि प्रतिसेकेण्ड ३६ लिटर पानी आउने गरेर दोस्रो चरणमा थप एउटा इनार र प्रशोधन केन्द्र निर्माण गर्न थालिएको आयोजना पक्षले जनाएको छ । दोस्रो चरणमा इनार र प्रशोधन केन्द्र निर्माण गर्न छ करोड सात लाखमा ठेक्का सम्झौता भएको र आगामी वर्षभित्रै काम सकिने बताइएको छ ।

तानसेनको ४५ हजार जनसङ्ख्यालाई दैनिक ३५ लाख लिटर खानेपानीको आवश्यकता परिपूर्ति गर्न कालीगण्डकीबाट लिफ्टिङ् योजना अघि बढाइएको हो । आयोजनाको काम तोकिएको मिति भन्दा योजना दुई वर्ष ढिला भएको हो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button