छिन्नमस्ताका ५० अति विपन्न परिवारलाई राहत सामग्री वितरण
सप्तरी । सप्तरीको छिन्नमस्ता गाउँपालिकाका ५० अति विपन्न परिवारलाई आज पोखराको एक सामाजिक संस्थाले राहत वितरण गरेको छ ।
लामा राइजन टुर्स एन्ड ट्रेक्स एक्पिडिसन प्रालिले छिन्नमस्ता गाउँपालिका वडा नम्बर ३ का १० जना पूर्ण रुपमा अपाङ्गता भएका व्यक्ति र १० देखी १८ वर्ष सम्मका १७ जना किशोरीहरू र २३ अति विपन्न परिवारका सदस्यहरूलाई राहत वितरण गरेको हो ।
जनही २५ किलो चामल, १ किलो खाने तेल, १ किलो नुन, १ किलो दाल, २ वटा साबुन, १ प्याकेट मस्यौरा र एक प्याकेट सेनेटरी प्याड लगायतका सामग्री वितरण गरिएको संस्थाका तिरिङ्ग लामा शेर्पाले जानकारी दिनुभयो ।
कोरोना महामारीको समयमा कतिपयलाई दुई छाक खान पनि समस्या हुने भएकाले वास्तविक पीडित परिवारहरूलाई आफ्नो संस्थाले राहत सामग्री वितरण गर्न पाउँदा खुसी लागेको शेर्पाले बताउनुभयो ।








प्रतिक्रिया राख्नुहोस्