दुई प्रहरीलाई ‘एसिया पर्यावरण प्रवर्तन’ अवार्ड
काठमाडौँ । नेपाल प्रहरीका दुई अधिकृतले ‘एसिया पर्यावरण प्रवर्तन’ अवार्ड प्राप्त गर्नुभएको छ ।
अर्वाड प्राप्त गर्नेमा ब्युरोको वातावरण तथा वन्यजन्तु अपराध हेर्ने पिलर चारमा कार्यरत प्रहरी निरीक्षक सुदर्शन पन्थी र प्रहरी नायब निरीक्षक वीरेन्द्रसिंह जोहारी हुनुहुन्छ ।
संयुक्त राष्ट्रसङ्घको पर्यावरण कार्यक्रमअन्तर्गत अन्तर देशीय वातावरणीय अपराधविरुद्धको कार्यमा महत्त्वपूर्ण योगदान पुर्याएको भन्दै उहाँहरूलाई सो अवार्ड प्रदान गरिएको हो ।
एसियामा अन्तर्देशीय वातावरणीय अपराधका विरुद्धमा कार्य गर्ने सरकारी कार्यालय, संस्था, व्यक्ति तथा समूहलाई सार्वजनिक रुपमा उक्त अवार्ड वितरण हुँदै आएको छ । यसअघि ब्युरोले सन् २०१८ मा समेत अवार्ड प्राप्त गरेको थियो ।








प्रतिक्रिया राख्नुहोस्