तपाईँ सुन्दै हुनुहुन्छः

गैँडा गणनाको तयारी गरिँदै

file photo

चितवन । चितवन र पर्सा राष्ट्रिय निकुञ्जमा एकैसाथ यही चैत ९ गतेदेखि राष्ट्रिय गैँडा गणना शुरु हुन भएको छ ।

गैँडा रहेका अन्य दुई राष्ट्रिय निकुञ्जमध्ये बर्दियामा चैत १७ गतेदेखि र शुक्लाफाँटामा १९ गतेदेखि गणना शुरु हुने चितवन राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत अणनाथ बरालले जानकारी दिनुभयो ।

राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागका सूचना अधिकारी इकोलोजिष्ट हरिभद्र आचार्यका अनुसार चैत २९ गतेसम्ममा चारवटै निकुञ्जमा गैँडा गणना सकेर वैशाख पहिलो साता नतिजा सार्वजनिक गर्ने गरी तयारी गरिएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button