तपाईँ सुन्दै हुनुहुन्छः

आइसिसीको टी–ट्वान्टी वरीयतामा नेपाल यथावत्

काठमाडौँ । अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसिसी) को टी–ट्वान्टी वरीयतामा नेपाल यथावत् रहन सफल भएको छ । आइसिसीले अपडेट गरेको नयाँ वरीयतामा नेपाल यथावत् रहेको हो ।

नयाँ वरियतामा नेपाल १५ औँ स्थानमा रहेको छ । यसअघि पनि नेपाल १५ औँ स्थानमै रहेको थियो । नेपालको टी–ट्वान्टीमा ११ औँ स्थान सर्वाधिक उच्च वरीयता हो ।

एसोसियट राष्ट्रमा नेपाल भन्दा अघि स्कटल्याण्ड र युएई रहेको छ । स्कटल्याण्ड १४ र युएई १३ औँ स्थानमा रहेका छन् । टी–ट्वान्टी वरियताको शीर्ष स्थानमा इंग्ल्यान्ड रहेको छ । यस्तै भारत दोस्रो, अस्ट्रेलिया तेस्रो, पाकिस्तान चौथो र न्युजिल्याण्ड पाँचौँ स्थानमा रहेका छन् ।

खेलाडीको ब्याटिङ वरीयतामा नेपालका पारस खड्का ७० औँ स्थानमा यथावत् रहेका छन् । यस्तै नेपालका ग्लोबल आइकन सन्दीप लामिछाने बलिङतर्फ ८३ औँ स्थानमा रहेका छन् ।

भारतीय क्रिकेट टिमका कप्तान विराट कोहली ब्याटिङ वरीयताको शीर्ष पाँचमा उक्लिएका छन् । यस्तै इंग्ल्यान्डका जोस बट्लर शीर्ष २० मा उक्लिएका छन् ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button