बालक हत्याको आरोपमा तीन जना पक्राउ
बारा । बाराको जीतपुरसिमरा उपमहानगरपालिका वडा नं.२३ भलुहीटोलको बालकको हत्याको आरोपमा तीन जनालाई पक्राउ गरी सार्वजनिक गरेको छ ।
भलुही निवासी जाकिर हुसेनको १४ वर्षीय छोरा साहिद हुसेन मियाको हत्यामा संलग्न तीन जनालाई बारा प्रहरीले सार्वजनिक गरेको हो । हत्यामा संलग्न गाउँकै तीन जना पक्राउ परेका हुन् ।
जीतपुरसिमरा उपमहानगरपालिका वडा नं.२३ भलुहीटोल निवासी २५ वर्षीय कियामुदिन मन्सुरी, २१ वर्षीय अफसान भनिने अमर हुसेन मियाँ हजाम र १९ वर्षीय आमोदिन मियाँ अन्सारीलाई जिल्ला प्रहरी कार्यालय बाराले आज पत्रकार सम्मेलन गरी सार्वजनिक गरेको हो ।








प्रतिक्रिया राख्नुहोस्