वैशाख ७ गतेदेखि दोस्रो मात्राको खोप लगाइने
काठमाडौँ । कोरोना विरुद्धको खोपको पहिलो मात्रा लगाएका नागरिकलाई वैशाख ७ गतेदेखि दोस्रो मात्राको खोप लगाउन सुरु गर्ने स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।
मन्त्रालयको आजको प्रेस ब्रिफिङमा प्रवक्ता प्रा.डा जागेश्वर गौतमले पहिलो र दोस्रो चरणको खोप प्राथमिकतामा पहिलो मात्रा खोप लगाएका सबै व्यक्तिलाई वैशाख ७ देखि ११ गतेसम्म दोस्रो मात्राको खोप लगाइने जानकारी दिनुभयो ।
प्रा.डा. गौतमले गत माघ १४ देखि फागुन १० गतेसम्म कोरोना विरुद्धको पहिलो पटक खोप लिएका सबै व्यक्तिलाई दोस्रो पटकको खोप लगाइने जानकारी गराउनुभएको हो ।
यस्तै, आज ९४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । देशभर २ हजार ७ सय ८१ वटा नमूनाको परिक्षण गर्दा ९४ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
यो सँगै नेपालमा हालसम्म कोरोना भाइरसबाट संक्रमित हुनेको सङ्ख्या २ लाख ७५ हजार ५ सय १८ पुगेको छ ।
यस्तै ५५ जना कोरोना भाइरसको सङ्क्रमणबाट मुक्त भएका छन् । यो सँगै हालसम्म कोरोना संक्रमण मुक्त हुनेको सङ्ख्या २ लाख ७१ हजार ५ सय ५० पुगेको छ ।








प्रतिक्रिया राख्नुहोस्