तपाईँ सुन्दै हुनुहुन्छः

शहिदभूमी गाउँपालिका २ साम्वुगाउँ स्वास्थ्य चौकीमा ल्याव सेवा सञ्चालन

धनकुटा।धनकुटाको शहिदभूमी गाउँपालिका २ साम्वुगाउँ स्थितको स्वास्थ्य चौकीमा ल्याव सेवा सञ्चालनमा आएको छ ।

स्वास्थ्य चौकीको वर्थिङ सेन्टरको प्रथम वार्षिकोत्सवको अवसर पारी ल्याव सेवा समेत सञ्चालनमा ल्याईएको शहिदभूमी गाउँपालिका २ नं वडाध्यक्ष रत्न वहादुर राईले वताउनुभयो । उहाँका अनुसार गाउँपालिका र वडाको गरि करिव साढे आठ लाख लागतका ल्याव सेवा सञ्चालनमा ल्याईएको हो ।

ल्याव सेवा सञ्चालनमा आए सँगै अब त्यस क्षेत्रका नागरिकले सामान्यतय व्लड तथा युरिन टेष्टको सेवा पाउने वडाध्यक्ष राईले वताउनुभयो । ल्याव सेवाको एक कार्यक्रमको वीच गाउँपालिका अध्यक्ष मनोज राई र वडाध्यक्ष रत्न वहादुर राईले उद्घाटन गरेका हुन् ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button