तपाईँ सुन्दै हुनुहुन्छः

ब्राउन सुगरसहित दुई भारतीय महिला पक्राउ

भद्रपुर, झापा । झापामा प्रतिबन्धित लागुऔषध ब्राउन सुगरसहित दुई भारतीय महिला पक्राउ परेका छन् ।

सीमा नाकाबाट चोरी निकासीको माध्यमबाट ब्राउनसुगर नेपाल भित्र्याइरहेको विशेष सूचनाको आधारमा इलाका प्रहरी कार्यालय धुलाबारीबाट खटिएको प्रहरी टोलीले हिजो मंगलबार साँझ मेचीनगर–१५ ज्यामिरगढीको फँडानीस्थित काँसघारीबाट उनीहरुलाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा भारत पश्चिम बङ्गाल दार्जीलिङ जिल्ला खोरीबारी थाना मैनागुरी ग्राम बस्ने २७ वर्षीया सुनिता हेमरम र सोही ठाउँकी ३२ बर्षीया अनिता हेमरम रहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

प्रहरीले उनीहरूको साथबाट १५० ग्राम ब्राउन सुगर बरामद गरेको छ । महिलाहरूले ब्राउनसुगर संवेदनशील अङ्गभित्र लुकाएर ल्याएका थिए । बरामद गरिएको ब्राउन सुगरको नेपाली बजार मूल्य करिब ८ लाख रुपैयाँ अनुमान गरिएको छ । पक्राउ परेका महिलाहरूमाथि थप अनुसन्धान गरिने प्रहरीले जनाएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button