तपाईँ सुन्दै हुनुहुन्छः

चट्याङ लागेर एकको मृत्यु

लमजुङ । लमजुङमा चट्याङ लागेर एकको मृत्यु भएको छ भने दुई गम्भीर घाइते भएका छन् ।

चट्याङ लागेर घाइते भएका त्रिभुवन विद्याश्रम माध्यमिक विद्यालयमा अध्ययनरत १७ वर्षीय विनोद विकको मणिपाल अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो ।

आज दिउँसो परेको चट्याङ लाग्दा लमजुङ क्ब्होलासोथर गाउँपालिका–४ भुजुङस्थित त्रिभुवन विद्याश्रम माध्यमिक विद्यालयमा पढ्दै गरेका तीन विद्यार्थी घाइते भएकामा तत्काल हेलिकप्टरमार्फत उद्धार गरी पोखरास्थित मणिपाल अस्पतालमा ल्याइएको लमजुङका प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद शर्माले बताउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button