छिट्टै दूरसञ्चार पूर्वाधार कम्पनी स्थापनाको तयारीः सञ्चार मन्त्री गुरुङ

काठमाडौँ । सञ्चार तथा सूचना प्रविधि मन्त्री पार्वत गुरुङले दूरसञ्चार सेवालाई सहज, सस्तो र गुणस्तरीय बनाउन सरकारले दूरसञ्चार पूर्वाधार कम्पनी स्थापना गर्ने तयारी गरेको बताउनुभएको छ ।
सिंहदरबारस्थित सञ्चार मन्त्रालयमा आज आयोजित सूचना प्रविधि क्षेत्रका विज्ञसँगको अन्तर्क्रियामा मन्त्री गुरुङले मुलुकलाई समृद्ध बनाउने गरी सूचना प्रविधि क्षेत्रको विकास गर्न कम्पनी छिट्टै स्थापना गर्ने तयारी गरेको बताउनुभयो ।
मन्त्री गुरुङले सरकारले अघि बढाएको ‘डिजिटल नेपालफ्रेमवर्क’ कार्यक्रमलाई प्रभावकारी बनाउने काममा सहकार्य गरेर अघि बढ्न निजी क्षेत्रलाई आह्वानसमेत गर्नुभयो । उहाँले नागरिक एपलाई प्रभावकारी बनाउन सम्बन्धित निकायलाई सचेत पनि गराउनुभयो ।








प्रतिक्रिया राख्नुहोस्