सुनको मूल्य स्थिर, चाँदीको बढ्यो

काठमाडौँ । नेपाली बजारमा आज सुनको मूल्य स्थिर रहेको छ । सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार प्रतितोला ८६ हजार ६ सय रुपैयाँमा कारोबार भैरहेको छापावाल सुनको मूल्य मंगलबार पनि सोही मूल्यमा कारोबार भैरहेको छ। तेजावी सुनको मूल्य तोलाको ८६ हजार १५० रुपैयाँ रहेको छ ।
यस्तै, आज चाँदीको मूल्य भने बढेको छ । मंगलबार चाँदी प्रतितोलाको ५ रुपैयाँले बढेर एक हजार २८० रुपैयाँमा कारोबार भैरहेको महासंघले जनाएको छ ।








प्रतिक्रिया राख्नुहोस्