७७ प्रहरी हवल्दारको असईमा बढुवा

काठमाडौँ । नेपाल प्रहरीको प्रहरी हवल्दार पदबाट प्रहरी सहायक निरीक्षकमा बढुवाका लागि सिफारिस भएका ७७ जनालाई बढुवा तथा पदस्थापन गरिएको छ ।
प्रहरी अतिरिक्त महानिरीक्षकको फागुन २३ गतेको निर्णय अनुसार जनपद प्रहरी समूहतर्फको प्रहरी हवल्दार पदबाट प्रहरी सहायक निरीक्षक पदमा बढुवा भएका ७७ जना प्रहरी सहायक निरीक्षकलाई पदस्थापन गरिएको हो ।








प्रतिक्रिया राख्नुहोस्