तपाईँ सुन्दै हुनुहुन्छः

भीरबाट लडेर मृत्यु

बझाङ । बझाङमा भीरबाट लडेर एकको मृत्यु भएको छ ।  केदारस्युँ गाउँपालिका–६ बखेतका ३० वर्षीय जसवीर धामीको मृत्यु भएको छ ।

धामी गाउँकै रातागणाबाट ग्याबिन जाली ल्याउने क्रममा उनी भिरबाट लडेको थिए । आइतबार घरमा अबेरसम्म नफर्केपछि उनको खोजी कार्य गर्दा आज बिहान स्थानीयवासीले भीरबाट २०० मिटर तल खसेको अवस्थामा शव फेला परेको परिवार स्रोतले जनाएको छ ।

मृतक धामीको शव परीक्षण गर्न देउलेख प्राथमिक स्वास्थ्य चौकीमा राखिएको र घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बझाङले जानकारी दिएको छ ।

रासस

प्रतिक्रिया राख्नुहोस्

Back to top button