मापदण्ड विपरीत सञ्चालित ३० उद्योग कारबाहीमा
विराटनगर । वाणिज्य आपुर्ति तथा उपभोक्ता संरक्षण कार्यालय विराटनगरले मापदण्ड विपरीत उद्योग तथा व्यवसाय सञ्चालन गर्ने ३० वटा उद्योग तथा व्यापारी फर्मलाई कारबाही गरेको छ ।
चालु आर्थिक वर्ष ०७७/०७८ को विगत ८ महिनाको अवधिमा उद्योग तथा फर्म कारबाहीमा परेका हुन । विश्व उपभोक्ता अधिकार दिवसको अवसरमा कार्यालयले विराटनगरमा आज आयोजना गरेको कार्यक्रममा सो कुराको जानकारी गराएको हो ।
कार्यालयले ४९ हजारका म्याद गुज्रेका खाद्य पदार्थ समेत नष्ट गरेको छ । कारबाहीमा परेका फर्महरूबाट जरिवाना बापत साढे १२ लाख रुपैयाँ सङ्कलन गरेको कार्यालय प्रमुख सन्तोष पोखरेलले वताउनुभयो ।
कार्यालयका अनुुसार सो अवधिमा १ सय २१ पसल तथा उद्योगहरुको अनुुगमन भएको थियो । यसै गरि सो अवधिमा १ हजार ४ सय ३४ नयाँ फर्म दर्ता भएका छन भने १ हजार ६ सय ६३ फर्म नविकरण भएका छन । त्यस्तै आठ महिनामा ९५ लाख १७ हजार रुपैयाँ राजश्व सङ्कलन गरेको छ ।
कार्यक्रममा मोरङका प्रमुख जिल्ला अधिकारी कोषहरी निरौलाले सामान खरिद गर्दा उपभोक्ताहरु आफै सचेत हुुनुुपर्नेमा जोड दिनुुभयो । उहाँले वजारमा मापदण्ड विपरीत उपभोग्य वस्तुु विक्रि वितरण हुुन नदिन अनुुगमन कार्यलाई थप तिव्रता दिनुुपर्नेमा जोड दिनुुभयो । उहाँले म्याद गुुज्रिएका अखाद्य वस्तुुहरु विक्रि गरेको फेला परे तुुरुन्त आफुहरुलाई खवर गर्न समेत आग्रह गर्नुुभयो ।
कार्यक्रममा कार्यालय प्रमुख पोखरेलले कार्यालयले विगत ८ महिनामा गरेको कामको समिक्षा प्रतिवेदन पेश गर्नु् भएको थियो । सो अवसरमा उपभोक्ता हितका लागि कलम चलाउनुु हुुने व्लास्ट तथा हाम्रो मत दैनिकका पत्रकार अनिल श्रेष्ठलाई नगद सहित सम्मान गरिएको छ ।








प्रतिक्रिया राख्नुहोस्